
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मैथली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
सार्वजनिक सेवा प्रसारण सेवा नेपाल, रेडियो नेपालद्वारा आज विराटनगरमा आयोजित ‘नेपालको समावेशी आवाज रेडियो नेपाल, राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारण सवाल र भूमिका’ विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले भाषाको प्रयोगका सम्बन्धमा आवश्यक छलफल, कानुन निर्माण, लिपि खोजबिन, विकास र प्रवर्द्धनतर्फ सरकार प्रतिवद्ध रहेको उल्लेख गर्र्नुभयो ।
सबै जातजातिका धर्म, संस्कृति, भाषा संरक्षण गरी राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिँदै उहाँले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीलाई नैतिक शिक्षा, अनुशासन र दुव्र्यसन न्यूनीकरणका लागि रेडियोमा जोड्नुपर्ने सुझाव दिनुभएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विपद्को समयमा सरकारी सञ्चारमाध्यमले समाजलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा छरिएर रहेका विभिन्न जातजातिले बोल्ने भाषाको संरक्षणमा रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
कार्यक्रम संयोजक ताराप्रसाद वस्ती र तारणीप्रसाद कोइराला स्मृति सञ्चारगृह विराटनगरका निर्देशक पुष्करराज गौतमले सञ्चारगृहले गरेका कार्यबारे जानकारी गराउनुभएको थियो । अन्तरक्रियामा प्रदीप भगत, चन्द्र राजवंशी, सूर्यनारायण मुडियारी, उपप्राध्यापक महाप्रसाद खतिवडाले रेडियो नेपालले विभिन्न भाषामा प्रसारण गर्ने समाचारका सम्बन्धमा जिज्ञासा राख्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध