
काठमाडौँ । सरदार रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज’ पुरस्कार गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली भाषासाहित्यलाई समृद्ध तुल्याउन उहाँले निर्वाह गर्नुभएको योगदानको कदर गर्दै ५० हजार राशिको यो पुरस्कार स्रष्टा शर्मालाई प्रदान गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीराज पाण्डेले राससलाई बताउनुभयो ।
साहित्यकार रुद्रराज पाण्डेको १२५ औँ जन्मजयन्तीका दिन फागुन २६ गते पुरस्कार प्रदान गरिनेछ । उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवाका पाण्डेले उल्लेखनीय योगदान गर्नुभएको छ ।
उहाँको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै