
काठमाडौँ । सुनुवार भाषा र साहित्यका जानकार लोकप्रिय सुनुवारद्वारा लिखित ‘सुनुवार भाषा सिकौं’ अर्थात् ‘कोइँचलो : शैँसै’ पुस्तकको विमोचन भएको छ ।
काठमाडौँ । सुनुवार भाषा र साहित्यका जानकार लोकप्रिय सुनुवारद्वारा लिखित ‘सुनुवार भाषा सिकौं’ अर्थात् ‘कोइँचलो : शैँसै’ पुस्तकको विमोचन भएको छ ।
लेखक सुनुवारको ७४ औँ जन्मदिवसको अवसरमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रममा उक्त पुस्तक विमोचन भएको हो । लेखक र उहाँकी छोरी मनोरमाले पुस्तकको विमोचन गर्नु भएको हो । यसअघि उहाँका छ पुस्तक प्रकाशन भएका छन् ।
विमोचित पुस्तकले सुनुवार भाषा सिक्न सघाउने छ भने भाषा, लिपीसमेतको ज्ञान लिन चाहने सुनुवार समुदायलाई सहयोग मिल्ने लेखक सुनुवारले बताउनुभयो । विसं।२००८ सालमा खिजी चण्डेश्वरी, ओखलढुङ्गामा जन्मनु भएका सुनुवार कुइँच सुनुवार भाषा, संस्कृति र संस्कृतिविद्का रुपमा परिचित हुनुहुन्छ ।
उहाँ गोरखापत्र संस्थानबाट प्रकाशित सुनुवार भाषा पृष्ठको संयोजक पनि हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै