
काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ८६औँ ‘अविरल जनसाहित्य यात्रा’को शृङ्खलामा शनिबार कवि जयन्ती स्पन्दनका एक दर्जन कविता प्रस्तुत भएको छ ।
कवि स्पन्दनले ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । सहयोगी कवि डा जया सत्यालले ‘इतिहासको मानवता’ शीर्षकको, रूपक अलङ्कारले ‘आन्दोलन’ शीर्षकको, जयन्ता पोखरेलले ‘मौन सडक र मानिसहरू’ शीर्षकको र प्रशान्त खरेलले ‘उभिएको छ समय तिम्रोअगाडि’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्न सकिँदोरहेछ, कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्न सकिँदोरहेछ भन्ने अनुभूति कविता सुनिसकेपछि भएको बताउनुभयो ।
वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा रजनी ढकालले स्पन्दनका कवितामा आमा, छोरी हुँदै देश आएको छ र पुस्तान्तरणको कुरा आएको र देश बनाउनेहरू स्वार्थप्रेरित भएकामा कवितामा चिन्ता गरिएको टिप्पणी गर्नुभयो ।
सङ्घका अध्यक्ष राम विनयले २०७० चैत १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहितय यात्रा’को आज ८६औँ शृङ्खला आइपुगेको जानकारी दिनुभयो । शृङ्खलाका संयोजक डा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव