
काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यसवर्ष रासस अङ्ग्रेजी शाखाका वरिष्ठ कार्यकारी सम्पादक मनोज कार्की र फोटो संयोजक रत्नकृष्ण श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
सङ्गठनको बैठकले राससको ६४औं वार्षिकोत्सवका अवसरमा उहाँहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष प्रेमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
पुरस्कारको राशि जनही ७ हजार ५ सय रुपैयाँ रहेको छ । प्रत्येक वर्ष दुई कर्मचारीलाई यो पुरस्कार प्रदान गरिँदै आइएको छ । काठमाडौँको नयाँसडक निवासी पूर्वव्यवस्थापक जोशीको घरबाट २०१८ साल फागुन ७ गतेदेखि राससको समाचार सेवा प्रारम्भ भएको थियो । उहाँकै सम्मानमा सङ्गठनले विसं २०६६ मा पुरस्कार स्थापना गरेको हो । राससको वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने छ ।
यो पुरस्कारबाट यसअघि राजु शाक्य र फिरुराम चौधरी (२०६७), ध्रुवभक्त श्रेष्ठ र बलबहादुर विश्वकर्मा (२०६८), मदन गौतम र शम्भुप्रसाद यादव (२०६९), रमेश मिश्र र पवित्रा गुरुङ (२०७०), कृष्णप्रसाद शर्मा र भोलानाथ पौडेल (२०७१), रामभगत बुढाथोकी र मङ्गलबहादुर जलाहारी (२०७२) तथा न्हुछेराज बज्राचार्य र सागुरसिंह राना (२०७३) पुरस्कृत भइसक्नुभएको छ ।
त्यस्तै जगतकृष्ण श्रेष्ठ र रजनी बज्राचार्य (२०७४), तीर्थप्रसाद भट्टराई र रामलाल श्रेष्ठ (२०७५), विष्णुप्रसाद लामिछाने र हरि बाँस्तोला (२०७६), दीपराज सन्याल र राजेशकुमार श्रेष्ठ (२०७७), मधुसुदन अर्याल र विष्णुबहादुर थापा (२०७८), उत्तम सिल्वाल र रेशमा शाक्य (२०७९) तथा रामबहादुर थापा र रजिनन साह (२०८०) मा सम्मानित हुनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै