
चितवन । चितवनका ७ पालिकामध्ये पाँच पालिकामा एचपिभी खोप अभियान सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबाहेक अन्य पाँच पालिकामा अभियानअन्तर्गत खोप कार्यक्रम सम्पन्न भएको हो । ती पालिकाका १० हजार १३२ किशोरीले एचपिभी खोप लगाएका हुन् ।
जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार खैरहनी नगरपालिकाका दुई हजार ७२८, राप्ती नगरपालिकाका दुई हजार ९०७, कालिका नगरपालिकाका दुई हजार २२७, माडी नगरपालिकाका एक हजार ४३ र इच्छाकामना गाउँपालिकाका एक हजार २२७ किशोरीले खोप लगाएका हुन् । यही माघ २२ गतेदेखि शुरु गरिएको अभियान अहिले रत्ननगर र भरतपुरमा जारी रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म सातै पालिकाका २५ हजार ५६ किशोरीले एचपिभी खोप लगाएका छन् । कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीले खोप लगाएका हुन् । केसीका अनुसार भरतपुरका ११ हजार ६८४ र रत्ननगरका तीन हजार २४० ले खोप लगाइसकेका छन् । रत्ननगरमा आगामी फागुन १ गतेसम्म र भरतपुरमा फागुन ३ गतेसम्म अभियान सञ्चालन हुनेछ ।
जिल्लाका ४४६ खोप केन्द्रबाट यहाँका ३१ हजार ५७० किशोरीलाई एचपिभी खोप दिने लक्ष्य लिइएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि १० देखि १४ वर्ष उमेर समूहका ती किशोरीहरुलाई खोप दिइएको हो ।
जिल्लाका खोप केन्द्रमा ४५६ स्वास्थ्यकर्मी र ९१२ स्वयमसेवक परिचालन गरिएको छ । यो खोपका लागि नेपालमा आर्थिक वर्ष २०७२÷७३ मा चितवन र कास्कीमा परीक्षण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने