
पाल्पा । रामपुर नगरपालिकाले युवालाई जीवनोपयोगीका लागि सीप सिकाउन थालेको छ ।
यहाँका ४० युवालाई श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनोपयोगी सीप विकाससम्बन्धी तालिम नगरपालिकाले शुरु गरेको हो ।
नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाअन्तर्गत श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनोपयोगी सीप विकाससम्बन्धी तालिम सडक मर्मतकर्मीका लागि ५० दिने सीप सिकाउन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।
प्राथमिकताको आधारमा वडा÷वडाबाट छनोट भएका सूचिकृत बेरोजगारलाई तालिममा सहभागी गराइएको छ । सहभागीलाई १० दिन जीवनोपयोगी सीप र ४० दिन कार्यस्थलमा आधारित सीप प्रदान गरिनेछ ।
नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीको सहजीकरणमा हुने तालिममा १० दिनसम्म दैनिक जीवनसँग जोडिने विषय र ४० दिन कार्यस्थलमा गएर पर्खाल लगाउने, सडक मर्मत कसरी गर्ने, सुरक्षा, उपकरणको प्रयोग लगायतका विविध विषयमा सीप सिकाइने नगरपालिकाका रोजगार शाखा प्रमुख गणेश रेग्मीले जानकारी दिनुभयो ।
तालिममा वडा नम्बर २, ४, ६, ७ र ८ का ४० श्रमिकको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने