
चितवन । विश्व क्यान्सर दिवसका अवसरमा आज चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘वाकाथन’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारी तथा यससँग सरोकार राख्ने सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो । बिहान अस्पताल परिसर १ नम्बर गेटबाट कार्यक्रम शुरु गरी बुद्घचोक, कटहर चोक, पीपलचोक र अस्पतालको २ नम्बर गेट हुँदै पुनः अस्पताल परिसरमा आएर सम्पन्न भएको हो ।
अस्पतालका निर्देशक डा शिवजी पौडेलले फेब्रुअरी ४ का दिन अस्पतालले विश्व क्यान्सर दिवसको अवसर पारेर बिहान अस्पतालबाट वाकाथन कार्यक्रम गरी दिवस मनाउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँले सन् २०२५ को नारा ‘युनाइटेड वाई युनिक’ भिन्नतामा एकता रहेको उल्लेख गर्दै बिरामीको भिन्न चरित्रसँग भिजेर चिकित्सक एवं स्वास्थ्यमर्कीले यसको उपचार गर्नुपर्ने बताउनुभयो ।
बिरामीको आर्थिक, सामाजिक, मनोवैज्ञानिक भावना चिकित्सकले बुझेर उपचार गर्दा सेवामा चुस्त–दुरुस्त हुने उहाँको भनाइ छ । डा पौडेलले अस्पतालले आज विभिन्न कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाउने बताउनुभयो ।
बिहानको वाकाथनपछि, दिउँसो क्यान्सर विजेता तथा बिरामी एवं आफन्तसँगको अन्तरक्रियालगायत क्यान्सरविरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने