
चितवन । इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि घरबास (होमस्टे) सञ्चालनमा जोड दिएको छ ।
स्थानीय समुदायको आयआर्जन वृद्धि गर्दै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले पालिकाले घरबास प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको हो । इच्छाकामनाका पर्यटकीयस्थल र आसपासका गाउँमा घरबास सञ्चालनमा जोड दिइएको पालिका कार्यालयले जनाएको छ । ती घरबास सञ्चालनका लागि पालिकाले आर्थिक, प्राविधिकलगायत सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिनुभयो ।
पछिल्लो समय गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर २ घुर्केशस्थित पुरानो गुरूङ गाउँमा परम्परागत घरमा १४ वटा होमस्टे सञ्चालनमा आएका छन् । ती घरबास सञ्चालकको क्षमता विकासका लागि गत शुक्रबार र शनिबार दुई दिन मुलुकको पहिलो घरबास स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरूबारीकोे भ्रमण गरिएको बताउँदै पूर्वाधार विकासका योजना बनाइने उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष गुरूङका अनुसार घरबास सञ्चालकको क्षमता विकासका लागि अध्ययन भ्रमण गराइएको हो । उहाँले भन्नुभयो– ‘पर्यटकलाई कसरी स्वागत, सत्कार गर्ने र व्यवसायीक रूपमा घरबास सञ्चालन कसरी गर्न सकिन्छ भन्ने जानकारी होस् भन्ने उद्देश्यले सिरूबारीको अवलोकन भ्रमण गराइएको हो ।’ उहाँका अनुसार यसअघि घरबास सञ्चालकलाई तालिम दिइएको छ ।
दुई महिना अघिदेखि घुर्केश गाउँमा होमस्टे सञ्चालन गर्दै आउनुभएका माया गुरूङले यस भ्रमणबाट घरबासमा आउने पाहुनालाई स्वागत सत्कार कसरी गर्ने भन्ने विषयमा थप ज्ञान प्राप्त भएको बताउनुभयो । घरबास सञ्चालनसँगै घुर्केश गाउँमा पर्यटकको आगमन बढेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो समय इच्छाकामनाका पर्यटकीयस्थलमा पर्यटकको आगमन बढेको छ । पर्यटकको आगमन बढेसँगै गाउँपालिकाले घरबास सञ्चालनमा जोड दिएको अध्यक्ष गुरूङले बताउनुभयो । इच्छाकामना गाउँपालिकामा जिल्लाको पुरानो सदरमुकाम रहेकाले यहाँका ऐतिहासिक किल्ला उपर्दाङ्गढी, सूर्योदय हेर्न सिराइचुली, ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर, बालगौरी पाथीभरासिंहदेवी माई मन्दिर, लामो झरना, त्रिशूली नदीमा ¥याफ्टिङ, हात्तीवाङ गाउँ, मायाटार, घुर्केशगाउँलगायत स्थान पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएका उहाँको भनाइ छ ।
उपर्दाङ्गढी, हात्तीवाङ, मायाटार घुर्केशलगायत गाउँका घरबास पर्यटकको रोजाइमा परेका छन् । यहाँ गुरूङ, मगर, सिमान्तकृत चेपाङ, गिरी, पुरी समुदायको घरबास सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने