
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता निरन्तर ओरालो लागेको छ । कारोबारको पाँचौँ दिन बिहीबार पनि नेप्से परिसूचक ३ दशमलव ९४ अङ्कले घटेर २ हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको छ ।
बिहीबार ३ सय ४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता शेयर, ९१ हजार ३ सय ६४ पटकको खरिद बिक्री हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४ सय ५० बराबरको कारोबार भएको छ । कारोबारमा ९१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ ।
सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन्स म्युचुअल फण्ड–२ को सेयर मूल्य ५ दशमलव ०३ प्रतिशतले घटेको छ ।
बिहीबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । यो कम्पनीको २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङ्यादी ग्रुप पावर लिमिटेडको ५ लाख ९९ हजार ७सय ६१ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय