
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटियो ।
बागमतीका लागि आशुतोष घिराइयाले ४४ रन जोडे भने इशान पाण्डेले ४३ रन बनाए । त्यस्तै विपीन आचार्यले ३८ रन र अशोक पौडेलले ३० रन बनाए । सूर्य तामाङले १५ रन बनाउँदा कप्तान रीत गौतमले १३ रन बनाए ।
त्यसैगरी, गण्डकीका लागि कमल परियारले ४ विकेट लिए । यस्तै विपीन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले १ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय