
भारत । भारतको विहारस्थित वैशालीमा बोलीचालीमा रहेको बज्जिका भाषाको संरक्षण तथा संवर्द्धनमा जोड दिइएको छ ।
सार्क जर्नालिष्ट फोरम, विहार च्याप्टरको संयोजनमा अम्रपाली कला साहित्य समाजले शनिबार यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनमा सरोकारवालाले यसको संरक्षणबाट उन्नत समाज निर्माणमा टेवा पुग्ने बताए । त्यस अवसरमा अन्तर्राष्ट्रिय भाषाविज्ञ डा सरिता बुधुले नेपालसँग भाषा र सांस्कृतिक सम्बन्ध अटुट रहेको औँल्याउँदै भाषाको लडाइँ अस्तित्वसँग जोडिएको बताउनुभयो । भाषालाई संरक्षण तथा संवर्द्धन गर्न स्थानीय जागरुक हुनुपर्नेमा जोड दिँदै उहाँले यसलाई संवैधानिकरूपमा सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
भारतको पटना उच्च न्यायालयका पूर्वन्यायाधीश राजेन्द्र प्रसादले भाषाले उन्नत समाजका लागि बौद्धिक ज्ञान आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो ।
सामाजिक अभियन्ता बरुण सिंहले नेपालको मैथली भाषासँग मिल्दोजुल्दो भाषाका रुपमा बज्जिका भाषा रहेको जानकारी दिँदै भाषा संस्कृति र सभ्यताको परिचय भएको बताउनुभयो ।
विहार हिन्दी साहित्य सम्मेलन पटनाका अध्यक्ष डा अनिल सुलभले बज्जिका भाषामा व्याकरणको विकास हुन नसकेको उल्लेख गर्दै मातृ भाषाको मूल्य, मान्यता अन्य भाषाभन्दा फरक रहेको धारणा व्यक्त गर्नुभयो । सार्क जर्नालिष्ट फोरम, विहार च्याप्टरका अध्यक्ष शशिभुषणले बज्जिका भाषाका बारेमा विस्तृत जानकारी दिँदै यस भाषालाई संविधानमा सूचीकृत गर्न पहल गरिएको बताउनुभयो ।
सार्क जर्नालिष्ट फोरम, नेपाल च्याप्टरका संयोजक रुद्र सुवेदी, नेवाः पत्रकार मञ्चका नृपेन्द्रलाल श्रेष्ठ, सुनिल मर्हजन, आरिफ अन्सारीलगायतले भाषाको विकासबाट पत्रकारितामा समेत टेवा पुगेको बताउनुभयो । विहार क्षेत्रमा महत्व बेग्लै रहेको बज्जिका भाषा नेपालको जनकपुर लगायत स्थानमा बोलिने यहाँका भाषासम्बन्धी जानकारहरूले बताएका छन् ।
सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड र मरिससका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । सो अवसरमा सम्मेलनमा सहभागी नेपालका सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध