+

८७ जना किसान सम्मानित

खोटाङ । ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको कृषि मेला प्रदर्शनीमा किसान सम्मानित भएका छन् । जि–फाउण्डेशनको आर्थिक सहयोग तथा प्रयास नेपालको समन्वयमा गाउँपालिकाले आयोजना गरेको दुईदिने कृषि मेला प्रदर्शनी कार्यक्रम समापनको अवसरमा सोमबार विभिन्न २७ विधामा उत्कृष्ट भएका ८७ किसानलाई सम्मान गरिएको हो ।

सम्मानित हुने किसानलाई गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई, उपप्रमुख राजेशकुमार राजभण्डारी, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा र प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईले संयुक्तरूपमा प्रमाणपत्रसहित कृषि औजार तथा कृषि सामग्री प्रदान गर्नुभएको छ । कृषि मेला प्रदर्शनी कार्यक्रममा विभिन्न चार विधामा प्रथम स्थान हासिल गर्नुहुने वडा नं ७ माक्पाकी सर्वोत्कृष्ट महिला किसान डिल्लीमाया राईलाई नगद रु तीन हजारसहित पुरस्कार प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद राजभण्डारीले जानकारी दिनुभएको छ । 

कृषि मेला प्रदर्शनी कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने किसानलाई क्रमशः रु तीन हजार, दुई हजार पाँच सय,  दुई हजार र  आठ सय बराबरको कृषि सामग्री प्रदान गरिएको जनाइएको छ । उत्कृष्ट किसानलाई कोदालो, झम्पल, ड्रम, पाइप, सिकेचर, स्प्रिङकल, क्यारेटलगायतका कृषि सामग्री प्रदान गरिएको हो । 

‘ऐसेलुखर्कको समृद्धिको आधार, दिगो प्राङ्गारिक खेती हाम्रो पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजित कृषि मेला प्रदर्शनी कार्यक्रममा एक सय  ४१ किसानले विभिन्न विधाका स्टल राखेका थिए । ऐसेलुखर्क बजारमा आयोजित मेलामा नगदेबाली, फलफूल तथा तरकारीबाली प्रदर्शनीमा राखिएको थियो । कृषि क्षेत्रको विकास तथा प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले हरेक वर्ष कृषि मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । कृषि मेला प्रदर्शनीले किसानलाई हौसला प्रदान गरेको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै