
भक्तपुर । औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव महोत्सवमा स्थानीय हस्तकला प्रदर्शन गरिएको छ ।नयाँ वर्ष तथा बिस्केट जात्राका अवसरमा सल्लाघारी चौरमा आयोजना गरिएको महोत्सव एक लाख ७५ हजारले अवलोकन गरेका छन् ।
‘नयाँ वर्ष नयाँ सोच युवाहरूको लागि छ प्रगतिको स्रोत’ नाराका साथ औद्योगिक शान्ति नेपाल संस्थाले उपभोक्ताको हितमा ध्यान दिँदै गत चैत १८ गतेबाट शुरु गरेको ११ दिने महोत्सवमा एक लाख ७५ हजारभन्दा बढीले अवलोकन गरेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभएको छ ।
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, भाँडाकुँडाका साथै विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो ।
औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, अटोमोबाइल प्रदर्शनी, आधुनिक कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक्स एवं स्थानीय हस्तकला, कृषि उत्पादनलाई सामानको व्यापार तथा प्रदर्शनी एवं बिक्रीका लागि प्रदर्शनी कक्ष राखिएको उहाँले जानकारी दिनुभएको छ ।
महोत्सवका संयोजक दीपक थापाले महोत्सवमा साना बालबालिकाका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौनास्थलका साथै रोटे पिङ, रेनजर, मारुती सर्कस, स्थानीय खाना महोत्सवका साथै दैनिक राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुतिले दर्शकलाई आकर्षित गरेको बताउनुभयो ।
राष्ट्रियस्तरका कलाकारको हास्यव्यङ्य तथा फेसन र्याप तथा नृत्य, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षणका रूपमा रहेको उहाँले जानकारी दिनुभयो । महोत्सवमा एक सय ५० कक्षमा राखिएका सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव