
गण्डकी । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठानको आयोजनामा कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेमा आयोजित एक कार्यक्रमबीच साहित्य अन्वेषक, स्रष्टा, विद्यार्थी लगायतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा लेखनाथ साहित्य पुरस्कारबाट वरिष्ठ साहित्य अन्वेषक प्रा डा दयाराम श्रेष्ठ (सम्भव) लाई सम्मान गरिएको छ । उहाँलाई ५० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
कुन्तिदेवी साहित्य पुरस्कारबाट साहित्यकार सरस्वती प्रतिक्षालाई सम्मान गरिएको छ । उहाँलाई २५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
कार्यक्रममा चन्द्रकान्त ढकालको स्मृतिमा स्थापित एवं लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ सांस्कृतिक पुरस्कारबाट शिवहरि ढुङ्गानालाई पुरस्कृत गरिएको छ । उहाँलाई २५ हजार रुपैयाँसहित दोसल्ला र सम्मापत्र प्रदानगरी पुरस्कृत गरिएको हो ।
मधुुमाया शिक्षा पुरस्कारबाट जनज्योति माविमा यस वर्षको एसइईमा प्रथम हुने करुणा गौतमलाई १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
त्यस्तै लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट ऋषिकान्त पौडेल र शेरविष्णुमाया गुरुङ लेखनाथ पत्रकारिता पुरस्कारबाट दीपक परियारलाई सम्मानित गरिएको छ । उहाँहरूलाई क्रमशः ११ हजार एक सय ११ र पाँच हजार रुपैयाँसहित, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणिको जन्मस्थललाई साहित्यिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न लागिएको बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्तले नेपाली साहित्यको विकासमा लेखनाथ पौड्यालले गर्नुभएको योगदान अतुलनीय भएको बताउनुभयो ।
सम्मानित व्यक्तित्व प्रा डा श्रेष्ठले कवि शिरोमणिको जन्मस्थल साहित्यिक तीर्थस्थल भएको बताउँदै यसलाई साहित्यानुरागीको गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कवि शिरोमणि जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपिराज पौडेलको अध्यक्षता एवं लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा पौडेल वंश महासङ्घका केन्द्रीय अध्यक्ष हरिराम पौडेल, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्ची, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाललगायत सम्मानित व्यक्तित्वले नेपाली साहित्यको विकासका लागि लेखनाथ पौड्याल गर्नुभएको योगदानबारे प्रकाश पार्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध