
काठमाडौँ । कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा गरिएको छ ।
त्यस स्थानको श्रव्यदृश्य सार्वजनिक भएसँगै नेपालको झल्को दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छन् । त्योभन्दा बढी चलचित्रका निर्माता, निर्देशकले ठाउँ नै निर्माण गरिने खर्चको सट्टा नेपाल आएर छायाङ्कन किन गरेनन् ? भन्ने छ । त्यहाँभन्दा नेपालमा वास्तविक दृश्य प्राप्त हुनुका साथै खर्च पनि कम हुन्छ । यसको जवाफ सम्बन्धित निकायसँग पनि छैन ।
रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई बढावा दिने भएकाले विश्वका अन्य देशले छायाङ्कनलाई आकर्षित गरिरहेको प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताउनुभयो । उहाँले नेपालमा ‘उचाई’, ‘फर्जी’ जस्ता चलचित्र र वेब शृङ्खलामा काम गरिसक्नुभएको छ ।
‘उहाँहरूलाई चाहिने सहजता दिन हामीलाई सहज छैन । उहाँहरूको कथाअनुसार देखाइनुपर्ने दृश्य र खिचिने सामग्रीका लागि कतिपय कानुनी झन्झट पनि छन्’ म्यानेजर रेग्मीले भन्नुभयो । उहाँले एकद्वार प्रणालीमार्फत विदेशी चलचित्रलाई दिइनुपर्ने इजाजत दिएमा विस्तारै विदेशी चलचित्र नेपालमा छायाङ्कनका लागि आउने बताउनुभयो ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले देखिएका समस्या चलचित्र नीति बनेपछि समाधान हुने बताउनुभयो । ‘विविध समस्या छन्, तर नीति म अभिनेता बन्नुभन्दा अगाडिको छ । त्यसैले अहिले देखिएका समस्या समाधान गर्दैन । त्यसैले चलचित्र नीति चाँडै बन्नेछ’ बोर्ड अध्यक्ष केसीले भन्नुभयो ।
सन् १९७२ मा भारतीय अभिनेता देवानन्द र जिनत अमामको चलचित्र ‘हरे रामा हरे कृष्णा’को छायाङ्कन काठमाडौँमा गरिएको थियो । त्यसयता ‘महान’, ‘युद्ध’, ‘खुदा गवा’, ‘बेकाबू’, ‘घरवाली बाहारवाली’, ‘लव इन नेपाल’, ‘बेबी’, ‘दिल धड्क धड्क’, ‘द गोल्डेन चाइल्ड’, ‘बाराका’, ‘लिटल बुद्ध’, ‘सेभेन इयर्स इन तिब्बत’, ‘द फल’, ‘रिर्टन्ड , चाइल्ड सोल्जर्स अफ नेपाल्स माओइस्ट आर्मी’, ‘द वाइल्डेस्ट ड्रिम’, ‘बियोन्ड द एज’, ‘एभरेस्ट’ लगायतका चलचित्र छायाङ्कन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो