
काठमाडौँ । केपी ओली कप, २०८०’ फागुनको दोस्रो साता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म ‘केपी ओली कप २०८०’ को आयोजना गर्न लागेको हो ।
संघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक केन्द्र, च्यासलमा हुने जानकारी दिएको छ । फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । संघका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री महेश बस्नेतले युवा संघ रचनात्मक क्रियाकलापमा सक्रिय रहेको र यस्ता गतिविधिले खेल क्षेत्रको विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्नेमा बताउनुभयो । बस्नेतका अनुसार खेलमा नेपालको ए डिभिजन तथा विदेशी टिमलाई समेत सहभागी गराइनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख, द्वितीय हुनेलाई ५ लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीलाई जनही ५० हजार र प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
गत वर्षको संस्करणमा एन्फाद्वारा सूचीकृत नेपालका ८ वटा ‘ए डिभिजन’ टिममा स्वदेश तथा विदेशमा खेलाडीको सहभागिता थियो । प्रतियोगितामा मछिन्द्र फुटबल क्लब विजेता र सातदोबाटो क्लब उपविजेता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै