
पर्वत । पुष्पलाल स्मृति पुस्तकालय स्थापना गरिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम नागरिकमा हराउँदै गएको पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।
जिल्ला सदरमुकाम कुश्मामा रहेको पुरानो गुप्तेश्वर पुस्तकालय बन्द भइसकेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पहिलोपटक पुस्तकालय स्थापना गरेको हो । सदरमुकाम कुश्माबजारको मैत्रीचोकमा रहेको एमालेको आफ्नै कार्यालयमा पुस्तकालय स्थापना गरिएको जिल्ला अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।
पुस्तकालयमा राजनीति, कानुन, अर्थशास्त्र, इतिहास, धर्म संस्कृति, विज्ञान, कला, प्रकृति विचार, उपन्यास, सामान्य ज्ञान, विभिन्न अभिलेख तथा कृतिलगायत नेपाली साहित्यका सबै विधाका पुस्तक राखिने भएको छ । पुस्तकालय स्थापनासँगै अहिले विभिन्न विधाका पुस्तक सङ्कलन गर्ने काम भइरहेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो । यसलाई जिल्लाकै साझा पुस्तकालयका रूपमा विकास गरिने पहाडीको भनाइ छ ।
सामाजिक सञ्जाल र सतही सूचनाका आधारमा धारणा बनाउने अहिलेको अवस्थामा परिवर्तन गर्नका लागि नै पुस्तकालयको आवश्यकता ठानेर एमालेले आफ्नै स्रोतबाट स्थापना गरेको उहाँको भनाइ छ । ‘यहाँ पार्टी कार्यकर्तादेखि जुनसुकै दलमा आस्था राख्ने हुन् वा अध्ययनमा रुचि राख्नेहरूका लागि चौबिसै घण्टा सेवा उपलब्ध गराइने छ’ अध्यक्ष पहाडीले भन्नुभयो ।
कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न नसकिने भएकाले अध्ययनतर्फ नागरिकलाई प्रेरित गर्नका लागि पुस्तकालय स्थापना गरिएको एमालेका सचिव सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । पुस्तकालयमा पहिलो चरणमा १५ हजारभन्दा बढी पुस्तक राखिने भएको छ । कार्यालयको पुस्तकालयको क्षेत्रफल हेरेर विस्तार गर्दै लग्ने योजना रहेको पौडेलले बताउनुभयो । एमालेले पुस्तकालयका लागि आवश्यक र पठनयोग्य सामग्री उपलब्ध गराउन आह्वानसमेत गरेको छ । पुस्तकालय स्थापनासँगै सदरमुकाम र आसपासमा लामो समयदेखि खड्किएको अभावसमेत पूरा हुने पौडेलले बताउनुभयो ।
विशेषगरी अध्ययनमा रुचि राख्ने, आर्थिक अभावका कारण पुस्तक किनेर पढ्न नसक्नेहरूका लागि बढी फलदायी हुने अध्यक्ष पहाडीको अपेक्षा रहेको छ । पार्टी कार्यालयको माथिल्लो तलामा स्थापना गरिए पनि सबै नागरिकले सेवा लिन उहाँले आह्वान समेत गर्नुभएको छ ।
यसैबीच, पर्वत साहित्य सङ्गमले आइतबार पाँच सय ५० विभिन्न विधाका पुस्तक पुस्तकालयलाई सहयोग गरेको छ । संस्थाका अध्यक्ष खेमराज शर्मा चापागाईं, संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प, पूर्वअध्यक्ष इन्द्रमान खत्री र पूर्व अध्यक्ष राजेन्द्र पहाडीले संयुक्त रूपमा पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।
सवैभन्दा पुरानो फलेवासको मोती पुस्तकालय निरन्तर सञ्चालनमा रहेको छ । यो नेपालकै नमूना पुस्तकालयका रूपमा पुरस्कृत भइसकेको छभने छिमेकी जिल्ला बागलुङमा पनि विद्यामन्दिर पुस्तकालय लामो समयदेखि सञ्चालनमा रहेको छ । अन्य पुस्तकालय भने बन्द भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै