
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशसँगको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २३ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा अर्जुन साउदले सर्वाधिक ६२ रन बनाए । उनले ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा अबिजित रहे ।
दीपेन्द्रसिंह ऐरीले अबिजित ३८ रन बनाए । उनले १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रन बनाए । दीलीप नाथले ३१ बलमा २ चौका र १ छक्कासहित ३१ बनाए । कुशल भुर्तेलले १२ र सुनिल धमलाले १६ रन बनाए । कोशीका कमल खत्रीले २ विकेट लिए भने सोनु मण्डलले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कोशी प्रदेशले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६६ रनको योगफल बनाएको थियो । कोशीको लागि सुजन थपलियाले १ सय ५ रनको योगदान गरे । उनले १ सय २६ बलमा ८ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय ५ रनको योगदान गरेका हुन । अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाए ।
सुजनले आठौँ विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरेका थिए । यता पुलिसका लागि करण केसीले ३ विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान २, २ विकेट झारे । त्यस्तै राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान १, १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय