
पोखरा । पोखरामा क्रियाशील साहित्यप्रेमीको ‘पुच्छारसिटे अभियान’अन्तर्गत आज ‘घिउ, चाकुु र तरुलसँग कविता’ मा कवि डा वसन्त गौतमले कविता वाचन गर्नुभएको छ ।
पुछारसिटे अभियान, पोखराद्वारा आयोजित एकल कविता वाचनको नाम नै थियो( ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा वसन्त’ । पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको आठौँ शृङ्खलामा कविता वाचकका रूपमा कवि वसन्त गौतमलाई ल्याइएको अभियानका संयोजक सञ्जीव पौडेलले बताउनुभयो ।
विभिन्न साहित्यिक प्रतिभालाई अभियानका माध्यमबाट अघि सार्ने गरिएको पौडेलले बताउनुभयो । कार्यक्रममा पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आउनुभएका गौतमले शुरुमा
“जुनेली साँझ
म यात्राको तयारीमा छु
लाग्छ,
म सधैँभरि यात्राको तयारीमा छु
भगवान !
जीवन के हो ?
यात्रा वा यात्राको तयारी ?”
भन्दै आफ्नो कविता वाचन शुरु गर्नुुभएको थियो । कविता वाचनकै कममा आफ्ना जीवनका भोगाइ र अनुुभवसहित करिब डेढ दर्जन कविता प्रस्तुत गर्नुुभएको थियो । प्रेम, समाजका विद्यमान अवस्था, बेथितीका साथै राजनीतिक विसङ्गति आदि उहाँका रचनामा प्रस्तुत भएको थियो ।
२०७४ सालमा स्थापित अभियानले साहित्य, शिक्षा र पर्यटनका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाले हरेक असार १५ मा दही, चिउरासँग कविता र माघ १ का घिउ, चाकु र तरुलसँग कविता गरी दुई एकल कविता वाचन नियमित आयोजना गर्दै आएको छ । यसअघि पुुछारसिटे अभियानअन्तर्गत प्रकट पङ्गेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’को एकल कविता वाचनमा प्रस्तुत भइसक्नुभएको छ ।
चिउरा, तरुल, सखरखण्ड, खुँदो, घिउ, चाकु, तिलको लड्डु आदि खानेकुरासमेतको व्यवस्था गरिएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठ, विश्लेषक विश्व सिग्देल, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, साहित्यकार डा ईश्वरमणि अधिकारी, दीपक समीप, लक्ष्मण थापा, गनेस पौडेल, रिता अधिकारी, अल्पज्ञानी, निष्प्रभ सजी लगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै