
कञ्चनपुर । भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृत अवस्थामा भेटिनुभएको छ । नगर प्रवक्ता खड्का भीमदत्त –६ ऐठपुरस्थित सडकमा मृत अवस्थामा भेटिनुभएको हो ।
कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले नगर प्रवक्ता खड्काको बुधबार राति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुन सक्ने जानकारी दिनुभएको छ । बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ’ प्रहरी उपरीक्षक थापाले भन्नुभयो– रातिको समयमा घटना भएको देखियो ।’ उहाँले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताउनुभयो ।
‘प्राम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ’ प्रहरी उपरीक्षक थापाले भन्नुभयो– ‘घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।’ बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते