
काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानले चार कथाकारलाई पुरस्कृत गर्ने भएको छ ।
सुरभि–अच्युतराम लघुकथा पुरस्कार नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् लघुकथा समाज र ललितपुर कला संस्कृति प्रतिष्ठानका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार वरिष्ठ कथाकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
अध्यक्ष पौडेलका अनुसार सुलेख आख्यान प्रतिभा पुरस्कार आख्यानकार विद्याप्रसाद घिमिरे र सुरभि–वेदमणि आख्यान प्रतिभा पुरस्कार आख्यानकार रामचन्द्र दाहाललाई प्रदान गरिने भएको छ । चारैजनालाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिने छ ।
प्रतिभा छनौट समितिले पुरस्कारका लागि चारैजनाको नाम सिफारिस गरेको हो । समितिको संयोजकमा गोपी मैनाली र सदस्यद्वयमा ठाकुर शर्मा भण्डारी र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष पौडेल रहनुभएको थियो । यही साउन १९ गते प्रतिष्ठानको १६औा साधारण–सभाका अवसरमा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै