
उदयपुर । उदयपुरको मध्यपहाडी क्षेत्र रौतामाई गाउँपालिका–३ भोर्लेनीमा आगलागीबाट तीन घर जलेको छ । नवउदय सामुदायिक वनमा शनिबार लागेको आगो फैलिएर भोर्लेनी गाउँमा तीन घर र तीन गोठ जलेको हो ।
उदयपुर प्रहरीका अनुसार शनिबार नवउदय सामुदायिक वनमा लागेको आगो नजिकैको गाउँमा हावाहुरीले ल्याएपछि भोर्लेनीका गाउन राई, मनकुमारी राई, जगतबहादुर राई, मदन राई, गोविन्द नेपाली र रामबहादुर राईको ३ घर र ३ गोठ जलेको छ ।
आगलागीका कारण घरमा भएका सबै अन्न, लत्ताकपडा र नगदसहित सुनचाँदी सबै जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार आगलागीबाट करिब ४६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
सामुदायिक वनको आगो गाउँमा प्रवेश गरेपछि प्रहरीको टोली र स्थानीयवासी मिलेर शनिबार रातिसम्ममा आगो निभाइएको प्रनाउ चौधरीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल