
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक फेरि ओरालो लागेको छ ।
बुधबार सामान्य अंकले घटेको नेप्से परिसूचक आज फेरि २७ दशमलव ८४ अंकले ओरालो लागेर २ हजार ८० दशमलव ८७ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८३ अंकले घटेर ३ सय ६९ दशमलव ८१ मा सीमित भएको हो । आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा कमी आएको छ ।
बिहीबार कूल एक करोड १४ लाख ८३ हजार छ सय १७ कित्ता शेयर रु तीन अर्ब ९४ करोड ३५ लाख ९२ तीन सय दुई मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा छ । त्यो कम्पनीको ५० करोड ८९ लाख ८ हजार ९९ रुपैयाँ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट २४ करोड चार लाख ५० हजार ५ सय २९, सोनापुर सिमेन्ट १६ करोड २४ लाख ३४ हजार ८ सय ५०, गुर्खाज फाइनान्स १२ करोड ७६ लाख ६५ हजार ६ सय ८९ र हिमालयन रिइन्स्योरेन्स ९ करोड ८४ लाख १२ हजार ७ सय १८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, वीन नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त नौ दशमलव ९२, गुर्खाज फाइनान्स ८ दशमलव शून्य ८ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ७१ प्रतिशतले कमाएका छन् ।
स्वाभिमान लघुवित्त ६ दशमलव शून्य २, जाल्पा सामुदायिक लघुवित्त ५ दशमलव ६६, देउराली लघुवित्त ५ दशमलव ३१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ५ दशमलव २० र एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ५ दशमलव १३ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल