
मोरङ । विराटनगर महानगरपालिकाले रोजगार मेला गर्ने भएको छ ।
महानगरपालिकाका विभिन्न सङ्घ संस्थाको समन्वयमा युवा रोजगारी अभिवृद्धिका लागि चैत २ र ३ गते ‘महानगर रोजगार मेला–२०८०’ आयोजना गर्न लागेका हो । स्थानीय वीरेन्द्र सभागृह नजिकै इको फन पार्कमा लाग्ने हुने मेलामा ४० पक्ष रहने महानगरले जनाएको छ ।
प्रारम्भमा १ सय ५० युवालाई तत्काल रोजगार उपलब्ध हुने भएकाले विदेश जान नचाहने र स्वदेशमै रोजगार गर्न चाहने युवायुवतीले लाभ लिन सकिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले पहिलोपटक महानगरले गर्न लागेको यस किसिमको मेलाबाट विभिन्न सङ्घ संस्था, बैंक, प्रतिष्ठान तथा रोजगारदातालाई कस्तो किसिमको जनशक्ति आवश्यक पर्ने हो त्यसको खोजी गर्न सजिलो भएको भन्दै दक्षताअनुसारको रोजगारीको खोजीमा रहेका युवा प्रत्यक्ष रोजगारदातासँग भेट गर्ने अवसर पनि मेलामा जुट्ने चर्चा गर्नुभयो । प्रमुख कोइरालाले भन्नुभयो– ‘हामी सबैको रहर शिक्षित सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ लक्ष्यबमोजिम मेलाले युवाको आवश्यकता र चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मेलाबाट उद्योग तथा व्यवसायीले उपलब्ध जनशक्तिबारे एकै ठाउँबाट जानकारी पाउने, बेरोजगार युवाले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्न सक्ने, सीपमूलक तालिम तथा रोजगारको अवसरको बारेमा जानकारीप्राप्त गर्नसक्ने, विद्यार्थी तथा युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने र नमूना रोजगार सेवा केन्द्रको सेवाको बारेमा जानकारी प्राप्त भई सेवा लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल