
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले कमी देखिएको छ। बुधबार नेप्से परिसूचक शून्य दशमलव ८७ अंकले घटेर २ हजार दशमलव ७७ को विन्दुमा कायम भएको छ ।
बुधबार ३ सय ८ कम्पनीको ५१ लाख १५ हजार ६ सय ५८ कित्ता शेयर, ४१ हजार ६ सय ७९ पटक खरिदबिक्री हुँदा २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७० कम्पनीको शेयर मूल्य घटेको छ ।
सात कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु लिमिटेड) र बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका शेयरधनीले ६ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १२ करोड ६९ लाख ६५ हजार रुपैयाँ बराबरको २ लाख ७७ हजार दुई सय २० कित्ता शेयर किनबेच भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो