
काठमाडौँ । नेपालले भोलिदेखि त्रिदेशिय टी–२० श्रृङ्खला खेल्न लागेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले आफ्नो पहिलो खेलमा भोलि नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र नामिबियाबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।
श्रृङ्खलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप खेल हुन लागेको क्यानले जनाएको छ।
त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन्। यसअघि तीन देशबीच भएको एकदिवसीय सिरिजमा नेपालको राम्रो प्रदर्शन देखिएन। नामिबियासँगको दुबै खेलमा पराजित भएको नेपाल टी-२० सिरिजमा आफ्नो हारको बदला लिन चाहन्छ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाष बोहरा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री