
म्याग्दी । बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङमा घरटहरा हटाउने प्रक्रिया शुरु गरिएको छ ।
बेनी-जोमसोम-कोरला सडक योजनाले फागुन ११ गते सूचना जारी गरी फागुन २५ गतेभित्र तिप्ल्याङस्थित सडक छेउका घरटहरा हटाउन र क्षतिपूर्ति बुझ्न आह्वान गरिसकेको छ । त्यस क्षेत्रमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० घरटहरा र गोठ हटाउन लागिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाइँले बताउनुभयो ।
‘प्रभावितले क्षतिपूर्तिको दररेटमा असहमति जनाएपछि संरचना हटाउन सकिएको थिएन’ उहाँले भन्नुभयो –संरचना नहट्दा सडक विस्तार र नाली निर्माण रोकिएको थियो ।’ उहाँले क्षतिपूर्तीको पुनःमूल्याङ्कन भएपछि स्थानीय रकम बुझ्न तयार भएकाले संरचना हटाउने प्रक्रिया शुरु गरिएको बताउनुभयो ।
गलेश्वरदेखि तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माण पूरा भइ कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा करिब ७ सय मिटर सडक विस्तार र नाली निर्माण रोकिएको थियो । स्थानीयको मागअनुसार प्राविधिक टोलीले पुनःमूल्याङ्कन गरी क्षतिपूर्तिको रकम संशोधन गरेको थियो ।
सडक १२ दशमलव ५ मिटर फराकिलो बनाउन लागिएको सूचना अधिकारी चापागाइँले बताउनुभयो । योजनाले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने १ सय ७८ घरगोठ र टहराको करिब ८ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गर्न दुई वर्षअघि प्रक्रिया शुरु गरिएको थियो ।
सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्याङ्कन सकेर क्षतिपूर्ति वितरण अहिले पनि जारी छ । म्याग्दीमा ८० र मुस्ताङमा ९८ घर, टहरा र गोठ हटाउने निर्णय गरिएको थियो ।
बेनी(जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इञ्जिनियरको नेतृत्वमा प्राविधिक टोलीले नापजाँच गरी क्षतिपूर्तिका लागि सिफारिस गरेको थियो ।
पछिल्लो व्यवस्था अनुसार सम्बन्धित आयोजना कार्यालयमार्फत सम्बन्धित संरचनाका धनीको बैंक खातामा रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । चीनको सिमाना कोरला नाका जोड्ने सडकलाई दुई लेनको बनाउन २०७४ सालमा थालिएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी