
काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार फेरि उच्च अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २० दशमलव ७६ अंकले ओरालो लागेर २ हजार ५ दशमलव ८३ मा अडिएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३ दशमलव ४९ अंकले ओरालो लागेर ३ सय ५९ दशमलव ५७ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने कमी आएको छ ।
कूल ९५ लाख १८ हजार ७५ कित्ता शेयर, ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको १४ करोड ८७ लाख ९७ हजार १ सय ७८ रुपैयाँबराबरको कारोबार भएको छ ।
गुर्खाज फाइनान्स १४ करोड एक लाख १० हजार ६ सय ८८,जोशी हाइड्रोपावर ८ करोड ९३ लाख ४८ हजार एक सय ६१, एनआइसी एसिया बैंक ६ करोड ४० लाख ३८ हजार १ सय ८० र न्यादी ग्रुप पावरको ६ करोड २४ लाख ४० हजार ३ सय ३५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावर नौ दशमलव ८७, सामलिङ पावर ९ दशमलव ८५, बोटलर्स नेपाल बालाजु ८ दशमलव २४, बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५ दशमलव ७३ प्रतिशतले कमाएका छन् ।
हिमालयन ऊर्जा विकास कम्पनी ७ दशमलव ६०, बाराही हाइड्रोपावर ६ दशमलव ६७, पिपल्स पावर कम्पनी ६ दशमलव २६, अप्पर स्याङ्गे हाइड्रोपावर ५ दशमलव १३ र रावा इनर्जी डेभलपर्सका लगानीकर्ताले ५ दशमलव शून्य ८ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश