
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि विधेयक पेश हुन रोकिएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने समयमा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको हो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले त्यो विधेयक पेश नगर्न प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले बैठकमा निर्णयार्थ पेश गर्न लाग्दा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक सङ्ख्या एकीन गर्न माग गर्नुभएको थियो ।
त्यसपछि सभामुख घिमिरेले तीन मिनेटको जनाऊ घन्टी बजाई सचिवालयमार्फत सङ्ख्या एकीन गर्न लगाउँदा एक चौथाइ सदस्य नपुगेपछि विधेयक पेश गर्ने कार्यसूची हटेको हो ।
सभामा हाल कायम रहेकाको एक चौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्रै त्यो समयमा उपस्थिति भएको जानकारी सभामुख घिमिरेले बैठकलाई गराउनुभयो । नेपालको संविधानको धारा ९४ बमोजिम सदनमा कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेश गर्दा कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।
बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विसं २०७८ मा ल्याइएको दलसम्बन्धी अध्यादेश खारेज भइसकेकाले साविकको ऐनमा भएका व्यवस्था कायम राख्नका लागि विधेयक ल्याइएको जवाफ दिनुभएको थियो ।
नेपाल सरकारका प्रवक्ता शर्माले संविधान निर्माणका समयमा भएका छलफल र बहसलाई ध्यान दिएर संविधान बनेको र निर्वाचनसम्बन्धी कानुन बनेकाले यसको पक्ष विपक्षमा बसह गरिरहनु नपर्ने उल्लेख गर्नुभयो ।
सांसद सुवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा दृष्टिकोण राख्ने सबै राष्ट्रिय पार्टी हुनुपर्नेमा समानुपातिकतर्फ तीन प्रतिशत सीमा कटाउन नसक्ने राष्ट्रिय दल नहुने व्यवस्था हटाइनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा नीति र सिद्धान्तका आधारमा प्रतिस्पर्धा हुनुपर्ने भएकाले गठबन्धन हुन नहुने माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै