+

धौलागिरी पवित्र तपोभूमि : राष्ट्रपति

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरी क्षेत्र पवित्र तपोभूमि रहेको बताउनुभएको छ। राष्ट्रपतिले पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरी क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताउनुभएको हो ।  

बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि शुरु भएको अनन्तश्री ब्रामाण्डीय महायज्ञमा धारणा राख्दै राष्ट्रपतिले धौलागिरी क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको बताउनुभयो । उहाँले पाँचकोटको सङ्गमस्थलमा स्वामी कमलनयनाचार्यको सत्कङ्कल्पमा यी बृहत् संरचना निर्माण भएको देखेर आफू लाई खुशी लागेको बताउनुभयो ।  

‘धौलागिरी क्षेत्र आफैँमा तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वर धामसँगै अहिले पञ्चकोटकोे नाम आइरहेको छ, म पहिला शालग्राम सङ्ग्रहालय आएको थिएँ, नदी र जल सम्पदाको संरक्षणमा यो महायज्ञ आयोजना भएको मैले पाएँ’ उहाँले भन्नुभयो– ‘कुडुँलेमा सवा लाख शालग्राम दर्शन गरेको थिएँ, अहिले यो पवित्र भूमि पञ्चकोट आउँदा आफूलाई खुसी लागेको छ, महायज्ञले धार्मिक प्रसारमात्रै गरेको छैन, जलसम्पदा, सङ्कटमा रहेको शालग्रामलाई जोगाउन थालेको छ ।’

राष्ट्रपतिले संस्कृत, परम्परा, मूल्य र मान्यताले नेपालीलार्ई एकतावद्ध बनाएको उल्लेख गर्दै नेपालका नदी पवित्र रहेको बताउनुभयो । ‘यो पञ्चकोट एउटा खाली पहाड अहिले शान्तिभूमि भइसकेको रहेछ, यो शान्तिभूमि पञ्चकोटमा धार्मिक पर्यटकको भीड लागेको देखेको छु’ उहाँले भन्नुभयो– ‘पञ्चकोटले धार्मिक पर्यटक भित्र्याएर आयआर्जन बढाउदै समृद्ध बागलुङ बनाउन सहयोग पुर्याउनेछ ।’ 

महायज्ञले जलसम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खुल्ने राष्ट्रपतिको भनाई छ।  सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञका परिकल्पनाकार एवं त्यस सर्वसिद्धिधाममा पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यले पञ्चकोटमा राष्ट्रपति पौडेलललाई स्वागत गर्नुभएको थियो । उहाँले त्यो धाममा देवदेश नेपालका अभिभावकका रुपमा रहनुभएका राष्ट्रप्रमुखको आगमन पञ्चकोटधाम परिवार, तीर्थस्थल विकास समिति, मुक्तिनाथबाबा श्रीजी च्यारिटेबल ट्रष्ट लगायतका सबैमा सुखानुभूति भएको बताउनुभएको थियो ।  

राष्ट्रपतिले महायज्ञको एक प्रमुख अनुष्ठानका रुपमा रहेको सवालाख श्रीफल (नरिवल) हवनकुण्डमा पञ्चकोट र पञ्चमहालक्षीको प्रतिकका रुपमा पाँच वटा नरिवल हवन गर्नुभएको थियो । ती प्रत्येक नरिवलमा विभिन्न ५४ प्रकारका हवनीय द्रव्य राखिएको छ ।    

नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञअन्तर्गत १५ दिनमा विभिन्न फरकफरक विषयमा विज्ञका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ । महायज्ञमा सङ्कलन भएको रकमले पञ्चकोटमा निर्माणधीन १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणलाई पूर्णता दिइनेछ । हालसम्म पञ्चकोटमा ५० करोड रुपैयाँ भन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट