+

प्रतिनिधिसभामा अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेश

काठमाडौँ । प्रतिनिधिसभामा अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेश भएको छ ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेश गर्नुभएको छ । 

बैठकमा अर्थमन्त्री  महतले  ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेश गर्नुभएको हो । अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्ने लगायत व्यवस्था समावेश छन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेश गर्नुभएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्ने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट