
काठमाडौँ । आइतबार दिउसोदेखि देशका अधिकांश स्थानको मौसम बदली रही केही स्थानमा वर्षा भइरहेको छ ।
मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका केहि स्थानमा सामान्य वर्षा भइरहेको छ भने बाँकी स्थानको मौसम सामान्यदेखि आंशिक बदली रहेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएसँगै मौसम बदलीसहित केही स्थानमा सामान्य वर्षा भएको हो । उहाँले भन्नुभयो,“देशको पश्चिम क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएर मौसम बदलीसँगै केही स्थानमा सामान्य पानी परेको छ । यो क्रम भोलिसम्म नै रहनेछ । ” (सोमबार) साँझबाट भने मौसममा सुधार आउने उहाँ बताउनुहुन्छ ।
पश्चिमी वायुको प्रभावका कारण गएरातिदेखि नै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत भइरहेको मौसमविद् अधिकारीको भनाइ छ । उहाँका अनुसार आज (आइतबार) राति बागमती , गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी वायु पूर्वतर्फ सर्दै गएपनि कोशी र मधेश प्रदेशमा पानी पर्ने सम्भावना भने नरहेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु