
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र सांसद ज्ञानेन्द्र शाही लगायतका नेताहरुले गणतन्त्रको विरोध गर्दै नेपालमा फेरि राजसंस्था फर्काउने उद्घोष गरिरहनुभएको छ । लिङ्देन र शाहीले संसदमा समेत कड्केर गणतन्त्रविरुद्ध अभिव्यक्ति दिइरहनु भएको छ ।
राजसंस्था फर्काउन विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको कमाण्डमा गएको शुक्रबार गरिएको प्रदर्शन हिंसात्मक हुँदा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासहित दर्जनौँ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरु अहिलेसम्म प्रहरी हिरासतमै छन् । तर राप्रपाका प्रभावशाली नेता पशुपति शमशेर राणाले भने राजसंस्था फर्काउन निर्मल निवासले बनाएको कमाण्डर दुर्गा प्रसाईलाई आफूले नचिन्ने बताउनुभएको छ ।
विगतमा लामो समय राप्रपाको अध्यक्ष समेत रहनुभएका पूर्वमन्त्री राणाले एक युवटुव च्यानलमार्फत यस्तो टिप्पणी गर्नुभएको हो । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईबारे राप्रपाका प्रभावशाली नेता राणाले भन्नुभएको छ– दुर्गा प्रसाईजीलाई त मैले जम्मा एक पटक, दुई हप्ता अगाडि एउटा मिटिङमा यसो देखेको मात्रै हो, मैले चिन्दापनि चिन्दिन । उहाँसँग हाम्रो संग्लनता र सरोकार नै छैन ।’
पूर्वमन्त्री राणाले नेपालमा राजसंस्था फर्काउने भन्दै अहिले बनाइएको समितिमा राप्रपाको समर्थन र सहमति नभएको समेत प्रस्ट्याउनुभएको छ । ‘ए हजुर त्यो राप्रपाले गरेको हैन नी, राप्रपाले उहाँलाई कमाण्डर तोकेको होइन नी, त्यो निर्णय राप्रपाले गरेको होइन नी, जसले गरेको उसैलाई सोध्नुस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो