
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुग्नुभएको छ । प्रधानमन्त्री ओली दिवंगत एकीकृत समाजवादीका सल्लाहकार तथा वरिष्ठ पत्रकार लेखक कमल कोइरालालाई श्रद्धाञ्जली दिन सोमबार दिउँसो आलोकनगर पुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल लगायतका नेताहरूले स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँगै पूर्वमन्त्री भिमरावल र नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत एकीकृत समाजवादीको मुख्यालय पुग्नुभएको छ ।
पहिलो पटक एकीकृत समाजवादीको कार्यालय पुग्नुभएका ओलीले प्रधानमन्त्री अध्यक्ष नेपालसहितका नेताहरुसँग केही बेर भलाकुसारी समेत गर्नुभयो । राजावादीहरुले शुक्रबार प्रदर्शनको क्रममा एकीकृत समाजवादीको कार्यालय तोडफोड र आगजनी गरेका थिए । ओलीले प्रधानमन्त्रीले त्यसबारे समेत जानकारी दिनुभएको एकीकृत समाजवादीको कार्यालय सचिव रामकुमार भट्टराईले बताउनुभएको छ।
यसअघि एकीकृत समाजवादीको नाम लिन र सुन्न समेत नचाहने ओली कार्यालय पुग्नुले दुई दलबीच सम्बन्ध सुधारको संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो