
काठमाडौँ । आइतबारको प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै गणतन्त्रवादी दलका सांसदहरुले राजावादीलाई थुन्नुपर्ने माग राखे । सत्तापक्षका संसदको यस्तो आवाज सुनिएपछि राप्रपाका सांसद राजेन्द्र लिङ्देनले छाती पिट्दै भन्नुभयो, ‘राजावादी यहाँ छ, सके जेल हाल ।’
आइतबारको बैठकमा दोहोरो अवरोध थियो । एकातिर प्रतिपक्षी दल कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाइएको विरोधमा प्रधानमन्त्रीको जवाफ माग्दै संसदमा खडा थियो भने अर्कातिर त्यसको प्रतिवादमा सत्तारुढ दल नै आसनबाट उठेका थिए । सोही क्रममा सांसद रामहरि खतिवडा, ठाकुर गैरेलगायतले राजावादीलाई थुन्नुपर्ने माग राख्नुभएको थियो ।
त्यसपछि राप्रपा अध्यक्ष लिङ्देनले आक्रोशित भन्दै थुनेर देखाउन चुनौती दिनुभइको थियो ।
वर्तमान व्यवस्था विरोधी राजावादी समूहले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त हिंसात्मक प्रदर्शनपछि प्रहरीले राप्रपाका उच्चतहका दुई नेतासहित १०० जनाभन्दा बढीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उक्त प्रदर्शन पूर्वराजा ज्ञानेन्द्र शाहकै योजना र निर्देशनमा भएको दाबीसहित उहाँलाई पक्राउ गरिनुपर्ने कतिपयले बिचार राखेका छन् । सामाजिक सञ्जालमा उहाँलाई पक्राउको माग गर्दै अभियान नै चलाइएको छ ।
तर, राजावादीहरुसहित सो समूहको सबैभन्दा ठुलो शक्ति राप्रपाले आधिकारिकरुपमै यसको प्रतिवाद गरिसकेको छ । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष लिङ्देनले पूर्वराजालाई जबरजस्ती विवादमा ल्याउने र राजनीतिमा तान्ने कार्य भएको बताए । पूर्वराजालाई विवादमा ल्याउने कार्यको पार्टीले निन्दा गर्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो