
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा भएको प्रदर्शनमा एक जना विदेशी नागरिक पक्राउ परेका छन् ।
माइतीघरमण्डलमा बिहीबार गरिएको प्रदर्शनमा जुली नामका अमेरिकी नागरिक पक्राउ परेका हुन् । प्रदर्शनको शुरूमा कुलमान घिसिङको समर्थनमा पम्प्लेटसहित माइतीघरमा देखिएका उनी त्यसलगत्तै राजावादीको पोस्टर बोकेर प्रहरीसँग भिड्न जाइलागेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अलिअलि नेपाली, हिन्दी र राम्रोसँग अंग्रेजी बोल्न जान्ने उनलाई अहिले प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । उनले शुरूमा आफू कुनै पनि देशको नभएको बताएका थिए । तर प्रहरीले सोधपुछ गर्दा आफू अमेरिकी नागरिक भएको बताएका छन् । उनको साथमा राहदानी भने छैन । राहदानी पछि उपलब्ध गराउने बताएका छन् । उनले आफ्नो नाम जुली र उमेर ५८ वर्ष भएको बताएका छन् ।
सरकार विरोधी गतिविधिमा लागेका उनी डिपोर्टमा पर्न सक्ने सम्भावना देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल