
सिन्धुपाल्चोक । हेलम्बुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बा २ च ४४५० नम्बरको जिप हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मुको मृत्यु भएको हो । दुवैजनाको घट्नास्थलमै ज्यान गएको प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक यादवका अनुसार दुर्घटनामा अरु पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा जिप चालक हेलम्बु गाउँपालिका–२ का ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची र ५६ वर्षीय फुँङ छन् । घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय