
भक्तपुर । नयाँवर्ष २०८२ को अवसरमा ‘नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने भएको छ ।
औद्योगिक शान्ति नेपाल संस्थाले आज पत्रकार सम्मेलन गरी चैत २८ देखि २०८२ सालको वैशाख ७ गतेसम्म महोत्सव गरिने जानकारी दिएको हो ।
आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।
महोत्सवमा १ सय ५० बढी स्टल रहने जनाइएको छ । स्थानीय उत्पादन, घरेलु उत्पादन, र नगरपालिकाबाट आएका सिफारिसका आधारमा स्थानीय उत्पादन तथा सीप एवं कलाका स्टल निःशुल्क व्यवस्था गरिने आयोजकले जनाएको छ ।
औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, प्रविधिसम्बन्धी गतिविधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामान, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुँडा प्रर्दशनी एवं बिक्रीका लागि राखिने छ ।
महोत्सवमा बिक्री गरिने सामानमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभयो ।
महोत्सवमा जेष्ठ नागरिक, अपाङ्ग र पाँचवर्ष मुनिका बालबालिकालाई प्रवेश निःशुल्क गरिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग