
ताप्लेजुङ । नेपाल–चीन व्यापार प्रवर्द्धनका लागि सुक्खा बन्दरगाह निर्माण गर्न ओलाङचुङ्गोलाका स्थानीयले माग गरेका छन् ।
फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष छेतेन लामाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न आग्रह गर्नुभएको हो ।
ओलाङचुङ्गोलाका मवाटार क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा परियोजना समावेश गर्न आग्रह गरेको छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलद्वारा पठाइएको पत्रमा व्यापारजन्य पूर्वाधार विकास गर्दै मुलुकको आर्थिक गतिविधि प्रवर्द्धन गर्न सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीजस्ता संरचनाको विकास आवश्यक रहेको उल्लेख गरिएको छ । ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने सडक निर्माण भइसकेको र उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा सबैभन्दा छोटो दूरीको सडक भएकाले सो क्षेत्रलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने समितिको निष्कर्ष छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले सन् २०७८÷७९ मा सो नाकाको पूर्वसम्भाव्यता अध्ययन पूरा गरी प्राप्त प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको जनाएको छ । फक्ताङलुङ गाउँपालिका–७ कार्यालयले आवश्यक जग्गा उपलब्ध रहेको जानकारी दिँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि अनुरोध गरेको छ ।
समितिले सकारको आगामी वर्षको नीति तथा कार्यक्रममा ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माण परियोजना समावेशका साथै त्यसनिम्ति बजेट विनियोजन गर्न आग्रह पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग