
भक्तपुर । मानव कल्याण समाज भक्तपुरले सडक आश्रित नागरिकका लागि स्थायी आवास निर्माण गर्न महायज्ञको आयोजना गर्ने भएको छ ।
‘बेवारिसे सडक मानवका लागि महायज्ञ’ अभियानका साथ मानव कल्याण समाजले मध्यपुरथिमी नगरपालिका–५ राधेराधेस्थित यातायात कार्यालयसँगै यही चैत २१ गतेदेखि २७ गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गर्ने भएको समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी कथा वाचिका देवी सुमी मानवले जानकारी दिनुभयो । उहाँले सडकबाट उद्धार गरिएका असहाय सडक एवं बेवारिसे मानवको लालनपालन र आवाससहितको दिगो तथा स्थायीत्वका लागि महायज्ञ आयोजना गर्न लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘२०७२ सालदेखि नै सडकमा बेवारिसे रहेका मानवलाई चाउचाउ, बिस्कुट तथा पानी बाँड्ने अभियानबाट सेवाको शुरुवात गरेका थियौँ, अहिले झौखेलमा एउटा भाडाको टहरामा ४१ जना राखेर नाना, खाना र छानाको व्यवस्था गरेका छौँ, समाजले अहिलेसम्म एक सय ५१ अनाथ बालबालिकालाई काभ्रेपलाञ्चोकमा राखेर पठनपाठन गराउँदै आएका छौँ, अहिलेसम्म हामीले दुई हजार एक सय सडक मानव तथा बेवारिसेको उद्धार गरिसकेका छौँ ।’
हाल भक्तपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, बारा र दाङमा शाखामा कार्यालय स्थापना गरेर समाजले पाँच सय जनालाई आश्रय दिँदैआएको छ । बनेपामा स्थानीय र प्रदेश सरकारले निर्माण गरेको भवनमा एक सय ५१ बालबालिका आश्रित छन् । महायज्ञ आयोजना समितिका संयोजक गोपीकृष्ण न्यौपानेले सडक तथा सार्वजनिक स्थलमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवका लागि दीगो व्यवस्थापन गर्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो । महायज्ञबाट सङ्कलित दान दक्षिणा पारदर्शी रुपमा महायज्ञको समापनपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
महायज्ञका कोषाध्यक्ष नरेश रञ्जीतले महायज्ञबाट सङ्कलित दान दक्षिणा मानवीय सेवामा लगाइने र सडक मानवका लागि खाने, बस्ने र आश्रयस्थलको स्थायी व्यवस्थापन गरिने बताउनुभयो । महायज्ञ चैत २७ गते सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग