
काठमाडौँ । दाङको राजपुर गाउँपालिका–७ को डगमरामा अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।
राजपुर गाउँपालिका र छाया नेपालको सहयोगमा निर्मित अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर बिहीबारदेखि सञ्चालनमा आएको छ ।
५७ लाख रुपैयाँ लागतमा निर्मित स्वास्थ्य इकाइले स्थानीय बासिन्दामा नयाँ आशाको सञ्चार गराएको स्थानीयले जनाएका छन् । छाया नेपालको ४४ लाख ५० हजार र गाउँपालिकाको १२ लाख ५४ हजार रुपैयाँ सहयोगमा निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
बिहीबार लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले बिहीबार बर्थिङ सेन्टर शुभारम्भ गर्नुभयो । उहाँले प्रदेश सरकार दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको बताउनुुभयो ।
गाउँपालिका अध्यक्ष शरद्कुमार बुढाथोकीले इकाइ स्थापनासँगै स्थानीयलाई सामान्य उपचारका लागि पनि टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
छाया नेपालका कार्यकारी निर्देशक कमल थापाले जीर्ण भवनबाट सेवा दिइरहेको स्वास्थ्य चौकीको नयाँ भवन निर्माणले स्थानीय निकै लाभान्वित हुने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल