
म्याग्दी । रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।
रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाइ छ ।
फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान् नवीनसँगै टुनीको दाउरा काट्न जानुभएको थियो । नवीनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारीले बाटोमा मानिस हेर्न बस्नुभएको थियो । भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो । मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय