
बैतडी । यहाँबाट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ परेका छन् ।
दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउका ५१ वर्षीय पाल विष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका सात राउण्ड गोली, दुई थान घोरलको छाला, दुई थान रतुवाको छालासहित विष्टलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।
मङ्गलबार दिउँसो विष्टको घरमा खोजतलास गर्दा भरुवा बन्दुक र जङ्गली जनावरको छाला फेला परेपछि निजलाई पक्राउ गरिएको बडूले बताउनुभयो ।
विष्टले इजाजत बिना घरमा बन्दुक राखेको पाइएपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने