
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको नेतृत्वमा उमेरहद नहुने भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठकले नेतृत्वमा उमेरहद नराख्ने निर्णय गरेको छ । काठमाडौँमा आइतबार र सोमबार दुई दिनसम्म चलेको केन्द्रीय परिषद्को दोस्रो बैठकले केन्द्रीय पदाधिकारी १९ जनाको र केन्द्रीय कमिटी १ सय ९९ सदस्यीय बनाउने निर्णय समेत गरेको छ ।
एकीकृत समाजवादीको प्रदेश कमिटीमा ७५ देखि ९९ सदस्य हुनेभएको छ। प्रदेश कमिटीमा एकजना अध्यक्ष, दुईजान उपाध्यक्ष, एकजना सचिव र तीनजना उपसचिव रहने व्यवस्था गरेको छ ।
एकमात्रै निर्वाचन क्षेत्र भएको जिल्ला कमिटीमा ५५ सदस्य रहने निर्णय गरेको छ । एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा एक महिलासहित ३ जना थप्ने निर्णय भएको छ । जिल्ला कमिटीका ७ जना पदाधिकारी रहने छन् । स्थानीय कमिटीमा ५ पदाधिकारी रहने निर्णय भएको छ ।
यसैगरी, पालिका कमिटीमा ४५ सदस्य रहने तथा ५ भन्दा बढी वडा रहेको पालिकामा प्रत्येक वडाबाट २ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।
समावेशीताको सिद्धान्त अनुसार सबै कमिटीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ भने प्रदेशमा आयोग नराख्ने निर्णय गरिएको छ । एकीकृत समाजवादीमा सबै कमिटीका पदाधिकारी तथा सदस्य महाधिवेशनर अधिवेशनबाट निर्वाचित हुने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय