
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीमाथि आक्रमण भएको घटनामा संलग्न प्रहरीलाई ३ दिन भित्रमा कारवाही नगरे कर्मचारीहरुले देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
आज (आइतवार) विभिन्न दलसम्बद्ध पाँच प्रमुख ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारवाही गर्न माग गरिएको छ। अन्यथा अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा वन्द गर्नेलगायतका आन्दोलनका थप कार्यक्रम घोषणा गर्न वाध्य हुने उनीहरुको चेतावनी छ।
गृहमन्त्रीलाई सम्बोधन गरी मुख्य सचिव र गृह सचिवलाई बोधार्थसहितको संयुक्त ज्ञापनपत्रमा भनिएको छ, ‘हालै भएको घटनाप्रति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्रियाशील ट्रेड युनियनको तर्फवाट २०८० माघ १२ गते प्रेषित विज्ञप्तिमा कालोपट्टी वाँधी सेवा प्रवाह गरिरहेको विरोधको कार्यक्रमप्रति राष्ट्रियस्तरका ट्रेड युनियनका तर्फवाट समर्थन जनाउँदै उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारवाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा वन्द गर्नेलगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी वाध्य हुने व्यहोरा यसै ज्ञापनपत्रमार्फत जानकारी गराउँदछौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय