
काठमाडौँ । डिउटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्। ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई लैनचौर बस्ने रमेश फुलारा छन्।
उनीहरूले गत २४ गते राति डिउटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए। पक्राउ परेका दुवैजना अमृत साइन्स क्याम्पसका विद्यार्थी हुन्। सिग्देल अनेरास्ववियुका क्याम्पस कमिटी उपाध्यक्ष हुन्।
क्युआरटी मोटरसाइकलमा रहेका प्रहरीहरू रघु घर्ती र नगेन्द्र विष्टलाई उनीहरूले कुटपिट गरेका थिए। कुटपिटपछि उनीहरू क्याम्पसको होस्टलमा गएर लुकेका थिए। उनीहरूलाई आइतबार एयरपोर्ट क्षेत्रबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
कुटपिटमा पाँचजना संलग्न रहेकोमा तीनजना अझै फरार छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने