
पाल्पा । पाल्पामा घरभाडा नतिर्दा कोठामा बस्नेको हत्या भएको छ । तानसेन नगरपालिका–११ स्थित माधव बिष्टले १४ सय रुपैयाँ भाडा नतिरेको रिसको झोकका आफ्नै घरमा भाडा बस्ने ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हहत्या गरेका हुन् ।
बुढाथोकीलाई घरधनी ३१ वर्षीय बिष्टले हत्या गरेको खुलेको जिल्ला प्रहरी पाल्पाका डिएसपी सुनिल मल्लले जानकारी दिनुभएको छ । डिएसपी मल्लका अनुसार बुढाथोकी विष्टको घरमा मासिक ५ सय रुपैयाँ कोठाभाडा तिर्ने गरी बस्दै आएका थिए । बुढाथोकीले करिब ३ महिनाको कोठाभाडा १ हजार ४ सय रुपैयाँ नदिएपछि बिष्टले उनलाई हसियाँले हिर्काए । त्यही कारण बुढाथोकीको जीवन गुम्यो । बिष्टलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ ।
‘पक्राउ परेका घरबेटी बिष्टले मादक पदार्थ समेत सेवन गरेका रहेछन्’ डीएसपी मल्लले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने