
काठमाडौँँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले रिक्त रहेको केन्द्रीय परिषद् सदस्य पूर्ति गर्ने भएको छ ।
एकीकृत समाजवादीको शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले खाली रहेको केन्द्रीय परिषद् सदस्य मनोनयन गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीले माघ १४ देखि १५ सम्म केन्द्रीय परिषद् बैठक तोकेको छ । सचिवालय बैठकले त्यस अगाडि परिषद् सदस्य मनोनयन गर्ने निर्णय गरेको हो।
एकीकृत समाजवादीले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष, पूर्वमन्त्री सोमप्रसाद पाण्डेलाई रुपन्देही इन्चार्जको जिम्मेवारी दिएको छ । गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सहइन्चार्जको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जनाएको छ ।
गण्डकी प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष रहनुभएका श्रीनाथ बराललाई अध्यक्ष बनाएको छ । लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङको राजीनामा स्वीकृत गर्दै त्यो स्थानमा अशोक कोइरालालाई चयन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय