
काठमाडौँ । आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा देशका विभिन्न भागबाट १० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट लागुऔषध खैरो हेरोइनसहित सोही नगरपालिका–५ का २६ वर्षीय अर्जुन गुरूङ, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ बाट ब्राउनसुगरसहित सोही नगरपालिका–४ मैनवार का १७ वर्षीय एक किशोर, मेचीनगर नगरपालिका–६ मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ बोकेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–३ का २२ वर्षीय सुरेन्द्र राई, चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकबाट नियन्त्रित लागुऔैषध ट्रामाडोललगायत अन्य मोनोद्दिपक औषधि र ८ हजार ४ सय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरिएको हो ।
यसैगरी, कैलालीको गौरीगङ्गा नगरपालिका–११ झन्झटपुरस्थित घुम्ती पसलबाट गाँजासहित चार जनालाई सोमबार साँझ पक्राउ गरिएको छ । सुन जस्तो देखिने धातुका रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, एक एकथान सिक्री, औँठी र बाला ९८ ग्राम तौलको सुन जस्तो देखिने धातुसहित काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ पक्राउ परेकी छन् । थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौँ आएकी गुरूङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट त्यही दिन साँझ पक्रा गरिएको हो ।
चार सय २९ किलो ग्राम गाँजा बरामद
यसैबीच, धरान उपमहानगरपालिका–६ पानमारा जङ्गलस्थित सडकबाट ४ सय १० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले स्थानमा रोकी राखेको बा १५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
यसैगरी, सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित बाँसबारीबाट १९ किलोग्राम गाँजा बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने